‘आउँदो पाँच वर्ष नागरिकको विश्वासमा रहेर काम गर्छु’ : सभापति देउवा

  पुष २५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो पाँच वर्षमा नागरिकको विश्वासमा ठेस लाग्न नदिने बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सभापति देउवाले नेपाली कांग्रेस नागरिकको अपेक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार काम गर्ने बताए ।

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । उनले संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर