आँधीखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

  माघ ०५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ५ ।  आँधीखोला गाउँपालिका ५ कृषि स्थित कृषि ओहिया सडकखण्डमा टिपर दुर्घटना भएको छ । एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ४ घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिकाका ३७ वर्षीय चन्द्रबहादुर नेपालीको क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो भने अन्य ४ जना उपचाररत रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटना भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर