असोज महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१   नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको असोज महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।

जसमध्ये १० वटा बैंकले ब्याजदर घटाउँदा ९ वटाले यथावत राखेका छन् भने एउटा बैंकले भने ब्याजदर बढाएको छ। 

असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। यो बैंकले भदौमा ५.१३ प्रतिशत ब्याजदर दिएकोमा असोजका लागि बढाएर ५.१८ प्रतिशत कायम गरेको छ।

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाउनेमा नेपाल एसबीआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र हिमालयन बैंक रहेका छन्।

असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर नेपाल एसबीआई बैंकले ५.१८ प्रतिशत, कुमारी बैंकल ४.८१ प्रतिशत, एभरेष्ट बैंकले ५.२५ प्रतिशत, एनआईसी एसिया बैंकले ६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ५.५ प्रतिशत, नेपाल बैंकले ५.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.७५ प्रतिशत, सिटिजन्स बैंकले ५.२५ प्रतिशत, कृषि विकास बैंकले ५.०५ प्रतिशत र हिमालयन बैंकले ४.२५ प्रतिशत कायम गरेका छन्।

भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर नेपाल एसबीआई बैंकले ५.२५ प्रतिशत, कुमारी बैंकल ५.०१ प्रतिशत, एभरेष्ट बैंकले ५.७५ प्रतिशत, एनआईसी एसिया बैंकले ६.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६ प्रतिशत, नेपाल बैंकले ५.४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत, सिटिजन्स बैंकले ५.५० प्रतिशत, कृषि विकास बैंकले ५.४० प्रतिशत र हिमालयन बैंकले ६ प्रतिशत कायम गरेका थिए।

यसैगरी भदौकै ब्याजदरलाई असोजमा निरन्तरता दिने बैंकहरुमा सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्।

भदौमा सिद्धार्थ बैंकले ५.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत, एनएमबि बैंक ६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत, नबिल बैंकले ५.५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, सानिमा बैंकले ६.२५ प्रतिशत, प्रभु बैंकले ५.३५ प्रतिशत र ग्लोबल आइएमई बैंकले ६ प्रतिशत ब्याज दिएका थिए। त्यस्तै, माछापुच्छे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.५ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले ५.५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर