अवैध सुन कारोबारमा संलग्न एकजना पक्राउ

  मङि्सर २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर २० ।  नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।

प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पुष्टि गरे। उनले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर