अमेरिका र चीनबीच अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २९ ।  अमेरिका र चीनबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको व्यापार वार्तामा उल्लेखनीय प्रगती भएको बताइएको छ । जेनेभामा शनिबार र आइतबार दुई दिन अमेरिका र चीनबीच भएको वार्ताबाट सकारात्मक र ठोस प्रगती भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन् ।

यद्यपि दुवै पक्षले के–के सहमति भयो भनेर सार्वजनिक गरेका छैनन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार दुवै पक्षले संयुक्त वक्तव्य सार्वजनिक गर्दैछन् । चिनियाँ पक्षले वार्ता सकिएको र छिट्टै संयुक्त वक्तव्य जारी हुने भनेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर