अमेरिकाबाट थप ४० नेपाली ‘डिपोर्ट’, चार्टर्ड विमानबाट आज काठमाडौँ ल्याईदै

  जेठ २६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५।  अमेरिकाबाट डिपोर्ट भएका थप ४० नेपालीहरु आज काठमाडौँ फर्किदै छन्।

उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाउन लागेको हो ।

नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपालको अध्यागमन कार्यालय स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आज अपराह्न काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नरहेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर