अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प, लगातार पराकम्प अनुभव

  भदौ १६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १६ ।  अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय समय अनुसार राति १२ः४७ बजे ३४.५० डिग्रीउत्तर अक्षांश र ७०.८१ डिग्रीपूर्व देशान्तरमा १६० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर गएको हो ।

प्रारम्भिक भूकम्पपछि ४ देखि रेक्टर स्केलबीचका पराकम्पहरू पनि अनुभव गरिएको छ। सोही क्षेत्रमा ४.७, ४.३ र ५.० रेक्टर स्केलका भूकम्प पराकम्पको रूपमा गएका छन् । यीमध्ये ५ रेक्टर स्केलको पराकम्प ४० किलोमिटर गहिराइमा भएको हुँदा थप शक्तिशाली महसुस गरिएको बताइएको छ ।

विशेषज्ञहरूको भनाइमा सतह नजिक अर्थात् मध्यम गहिराइका भूकम्पहरू बढी जोखिमपूर्ण हुने गर्छन् । यसले जमिनमा तीव्र कम्पन उत्पन्न गर्ने भएकाले संरचनागत क्षति र जनधनको हानीको सम्भावना उच्च हुने गर्दछ। अफगानिस्तान भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र हो ।

हिन्दु कुशहिम शृंखला भौगोलिक रूपमा सक्रिय भएकाले प्रत्येकवर्ष शक्तिशाली भूकम्पहरू जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ।अफगानिस्तान भारतीय र युरेसियन प्लेटबीचको मुख्य भूकम्पीय धर्कामा रहेको छ भने हेरात हुँदै प्रमुख भ्रंश रेखा गुज्रिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर