मिडियाबाजी डटकम काठमाडौं,पौष २९ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्र्टी राप्रपा सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपा सहभागी हुने भएको हो ।
लिङ्देन उपप्रधानसहित कुनै एक मन्त्रालयको दाबीका साथ सरकारमा सहभागी हुने स्रोतले बतायो । यद्यपि राप्रपालाई कतिवटा र कुनकुन मन्त्रालय दिने भन्ने विषयमा निर्णय भने भएको छैन ।