आइतबार, ०१ चैत २०८२
नेपाली
mediabaaji add

तिहार अवधिमा मौसम सफा, केही स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात

Main News Image
mediabaaji add

काठमाडौँ । तिहार अवधिमा देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तिहार विशेष मौसम बुलेटिन प्रकाशन गर्दै मौसम महाशाखाले लक्ष्मीपूजा कात्तिक ३० देखि भाइटीका कात्तिक ६ सम्मको सम्भावित मौसमबारे जानकारी गराएको हो ।

कस्तो हुन्छ चार दिनको मौसम ? 

यस वर्ष तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे तापनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाड भेगमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने तथा पहाड भूभागका एक दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भूभागमा हल्का वर्षारहिमपातको समेत सम्भावन छ ।

कार्तिक ३ लक्ष्मीपूजा : देशका पहाड भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ । कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड भूभागका एक ९दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।

कार्तिक ४ औँसी :  देशका पहाड भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाड भूभागका एक दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ। 

कार्तिक ५ गोवर्धन पूजा : देशको पहाड भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाड तथा हिमाल भूभागका एक दुई स्थानमा हल्का हल्का वर्षारहिमपातको सम्भावना छ।

कार्तिक ६ भाइटीका : कोसी र मधेस प्रदेशलगायत देशका बाँकी पहाड भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सबै प्रदेशका पहाड भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू(भागका एक९दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

 

mediabaaji add

सम्बन्धित खबर

कात्तिक ६ गते बिहान ११ : ३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णयक समितिले २०८२ साल तिहार शुभ दीपावलीका लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंमा...

जेनजी आन्दोलनबाट बेपत्ता थुक्तेन अझै भेटिएनन्

सिमकोट (हुम्ला) । नाम्खा गाउँपालिका३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन् ।

देशभर मौसम सफा: कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो कोशी प्रदेश, गण्डक...

बझाङमा भूकम्पको धक्का

काठमाडौं। बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको...